नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसिसी पारित गरेर जानुपर्ने बताए
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसिसी पारित गरेर जानुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा एमसिसीबारे सैद्धान्तिक छलफलमा भाग लिँदै कांग्रेस सांसदसमेत रहेका थापाले एमसिसी पारित गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि साथ दिनुपर्ने बताए।‘
राजनीतिक कारणले प्रतिपक्षी दल आज हामी सँगसँगै बसेर छलफलमा भाग लिन सकिरहेको छैन। तर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ल्याउनुभएको प्रस्ताव पारित गर्ने हो। उहाँले ल्याउनुभएको प्रस्तावका पक्षमा एमाले पनि उभिन्छ भन्ने विश्वास हो ।
उनले एमसिसी पारित गरेर ६० अर्ब लिनुपर्ने बताए। त्यसपछि चीन, भारतलगायत देशसँग पनि अनुदान लिनुपर्ने उनले बताए। सबैको अनुदान ल्याएर देशका पक्षमा काम गर्नुपर्ने थापाले बताए।