Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जिब झामाथि दुर्व्यवहार

फागुन,४ काठमाडौं । दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जिब झामाथि दुर्व्यवहार भएको छ। आज बिहान १० बजे कार्यालय खुलेपछि केही व्यक्तिहरूले महाप्रबन्धक झामाथि उनकै कार्यकक्षमा पुगेर मोसो दलेर दुर्व्यवहार गरेका हुन्। महाप्रबन्धक झामाथि दुर्व्यवहार गर्ने मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी युवा संगठनका कार्यकर्ता रहेको बताइएको छ।

उनीहरूले महाप्रबन्धक दूध बेचेको १७ करोड रूपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोगजनमा खर्च गरेको, किसानको बक्यौता तिर्न आलटाल गरेको, इन्धन र सवारीसाधन प्रयोग मितव्ययी नभएको,कर्मचारीको सरूवा–बढुवामा समेत आर्थिक लाभ लिने गरेको आरोप लगाएका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com