Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

आज गण्डकी प्रदेशमा सार्वजनिक विदा

४ फागुन, काठमाडौं। गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आज प्रदेशभरि सार्वजनिक बिदा दिइएको छ । गण्डकी प्रदेश आज ६ वर्ष पूरा भएर सातौं वर्षमा प्रवेश गर्दैछ ।

२०७४ फागुन ४ गते नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीको शपथ लिँदै पदभार ग्रहण गरेका थिए । त्यसै दिनलाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने गरिएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश स्थापना दिवसको अवसरमा शुभकामना दिँदै प्रदेश सरकारले स्थापनाकालदेखि नीतिगत, कानूनी र संस्थागत पक्षहरूलाई परिपक्व बनाउँदै लगेको बताए ।

नागरिकको आधारभूत आवश्यकताका अतिरिक्त स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता मौलिक हक पूरा गरी प्रदेशवासीको जीवनस्तरमा सुधार ल्याउन गण्डकी प्रदेश सरकार प्रयत्नशील रहेको छ । यसमा सबै तहका सरकार र सरोकारवालाहरुको सहकार्य र साथ जरुरी रहेको छ’, मुख्यमन्त्री पाण्डेले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com