Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

महानगरपालिकाले कान्ति बाल अस्पतालको फोहोर नउठाउने

फागुन,१ कामठााडौं । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पतालको फोहोर नउठाउने भएको छ। उपप्रमुख सुनिता डंगोल नेतृत्वको टोलीले अनुगमनका क्रममा अस्पतालको फोहोर व्यवस्थापनमा कमजोरी देखेपछि फोहोर नउठाउने निर्णय गरेको हो।

फोहोर वर्गीकरण र ढुवानी पूर्वतयारीमा कमजोरी देखिएपछि फोहोर नउठाउने जानकारी अस्पताललाई दिइएको हो। ‘अरूलाई नमूना भएर देखाउनु पर्ने अस्पतालहरु आफैंले कमजोरी गरेको देखियो, उपप्रमुख डंगोलले भनिन्, अस्पतालमा फोहोर छुट्याउन बाल्टिन राखिएको देखियो तर हरेक बाल्टिनमा सबै खालको फोहोर मिसाइएको थियो, यो गलत प्रक्रिया हो।’वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार रोग उपचार गर्न आउने ठाउँ नै रोग उत्पादन स्थल बन्न हुँदैन।

‘यस्ता कार्यले हानिकारक फोहोर अस्पताल बाहिर आउने खतरा देखिएपछि अस्पतालको फोहोर संकलन र ढुवानीमा रोक लगाउनु पर्ने अवस्था आएको हो,’ श्रेष्ठले भने, ‘स्रोतमा फोहोर छुट्टिएको, हानिकारक फोहोरलाई निर्मलीकरण गरिएको, निर्मलीकरण भएपछिको फोहोर पनि पुन प्रयोग हुन सक्ने र नसक्ने प्रकृतिमा छुट्टिएको यकिन नहुञ्जेल फोहोर उठाउँदैनौं।’

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com