Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

भारतको दिल्लीमा चार सयभन्दा धेरै निजी गाडी जलेर नष्ट

भारतको राजधानी दिल्लीमा आगलागीमा परि चार सयभन्दा धेरै निजी गाडी जलेर नष्ट भएका छन् । दिल्लीको वजिराबाद प्रहरी स्टेशनको एउटा भण्डारमा हिजो आगलागी भएको स्थानीय अग्नि सेवा विभागले जनाएको छ ।

आगलागीका कारण गोदाममा राखेका गाडीहरू जलेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आगलागीमा परि नष्ट भएका गाडी स्थानीय प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेको र दुर्घटनामा संलग्न रहेको भन्दै नियन्त्रणमा लिएको खबरमा उल्लेख छ । आगलागीको कारण भने खुलेको छैन ।  एजेन्सी
 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com