Yeti Khabar

२०८१ बैशाख २३, आईतवार - Sun May, 2024 -

तराईमा शीतलहरको कहर

माघ७ काठमाडौं । पुसको तेस्रो सातादेखि बढेको शीतलहर र चिसोले तराई मधेशको जनजीवन प्रभावित बनेको छ । चिसोले वृद्धवृद्धा, बालबालिका, गर्भवती र सुत्केरी महिला बढी प्रभावित छन् । राजमार्गमा यातायातका साधन कम देखिएका छन्, दिउँसै बत्ती बालेर सवारीसाधन चलाउनुपर्ने अवस्था छ । चिसोले बजार क्षेत्रमा चहलपहल घटेको छ ।

सिराहाको लहान नगरपालिका, कर्जन्हा र गोलबजार नगरपालिकाले बढी चहलपहल हुने ठाउँमा दाउरा बाल्ने व्यवस्था गरेका छन् । लहान क्षेत्रका जाडो प्रभावितलाई न्यानो कम्बल बाँडिएको छ । जिल्ला विपत् व्यवस्थापन समितिले जाडोबाट प्रभावित गरिब, दलित, असहायको संख्या यकिन गर्ने, स्थानीय तहमा दाउरा तथा न्यानो कम्बलको स्टक जाँच गर्ने गर्ने निर्णय गरेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com