Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

देवदहमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

माघ,५ काठमाडौं । रुपन्देहीको देवदहमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । देवदहको खैरेनीबाट पाल्पाको माथागढीमा बालुवा लिएर जाँदै गरेको लु २ ख ४५०९ नम्बरको टिपर विपरीत दिशाबाट आउँदै गरेको सवारीलाई साइड दिने क्रममा सडकबाट ३०० मिटर तल खसेको प्रहरी चौकी खैरेनीका इन्चार्ज डाक्टर प्रसाद चौधरीले बताए ।

दुर्घटनामा मृत्यु हुनेमा माथागढी गाउँपालिका ६ रहबासका ३५ वर्षीय भिमिसरा सारु र दुई वर्षीय पर्सला सारु रहेका छन् । टिपर चालक र मृतक पर्सलाकी आमा २२ वर्षीय सृजना सारुको देवदह मेडिकल कलेज भलुहीमा उपचार भइरहेको छ । टिपर चालकको नाम खुल्न नसकेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । अर्का घाइते सारुको अवस्था मध्यम रहेको इन्चार्ज चौधरीले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com