Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

जन्ती बोकेको जीप दुर्घटना हुँदा प्युठानमा एक जनाकाे ज्यान गयाे

प्युठान – प्युठानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि गाडीको अगाडि बाटोमा हिँडेका मल्लरानी गाउँपालिका–३ का वडा सदस्य दामोदर नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ईश्वर थापाले जानकारी दिनुभयो ।

प्युठानको ऐरावती गाउँपालिका–२ बरौलाबाट खलङ्गाको बुढाचौर जन्ती लिएर आउँदै गरेको जीप बरौलाको मोति माध्यमिक विद्यालयको पुरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

आज बिहीवार बिहान ११ बजेर २० मिनेटमा लु ३ च ६८७४ नम्बरकाे जीपकाे अगाडिको टायर पङ्चर भई ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा घाइते भएकाहरूको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरी प्रमुख थापाले बताउनुभयाे ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com