Yeti Khabar

२०८१ बैशाख २४, सोमबार - Mon May, 2024 -

प्रधानमन्त्रीले दिए क्रिकेट टोलीलाई बधाई

असोज,१६ काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँगको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाली क्रिकेट टोलीलाई बधाइ दिएका छन्।

एसियन गेम्सअन्तर्गत आजको खेलमा नेपाली क्रिकेट टोली पराजित भए पनि भारतसँग प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरेको थियो। नेपाल भारतसँग २३ रनले पराजित भएको थियो।

‘१९औं एसियाली खेलकुद प्रतियोगितामा मंगोलिया र माल्दिभ्ससँगको प्रतिस्पर्धामा कीर्तिमानसहित प्राप्त गरेको सफलताप्रति हार्दिक बधाइ,’ प्रचण्डले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन्, ‘साथै आज बिहान भारतसँग भएको खेलमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टिमलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।’

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com