Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

४७ वर्षपछि रुसले चन्द्रमामा रकेट पठायो : भारतको चन्द्रयान–३ भन्दा छिटो चन्द्रमामा अवतरण हुनसक्ने अनुमान

रूसले ४७ वर्षपछि चन्द्रमामा रकेट पठाएको छ । रुसले आज बिहान लुना–२५ रकेट चन्द्रमातर्फ प्रक्षेपण गरेको हो ।

बोस्तोनी कस्मोड्रोमबाट रकेट प्रक्षेपण भएको र यो रकेटले पाँच दिनसम्म सिधा उडान भर्ने समाचार संस्था अल जजिराले जनाएको छ । पाँच दिनमा चन्द्रमाको कक्षमा पुग्नेछ । त्यसपछि ७ देखि १० दिन चन्द्रमाको आसपासमा चक्कर लगाउनेछ ।

अगष्ट २२ तारिख भित्र लुना–२५ चन्द्रमाको सतहमा अवतरण गर्ने अनुमान छ । भारतले एक महिनाअघि पठाएको चन्द्रयान–३ भन्दा रूसी रकेट छिटो चन्द्रमाको सतहमा अवतरण गर्नसक्ने अनुमान छ ।

भारतले पठाएको चन्द्रयान–३ अगष्ट २३ मा चन्द्रमाको दक्षिणी भागमा अवतरण गराउने योजना छ । रुसले सन् १९७६ पछि युरोपेली अन्तरिक्ष एजेन्सीको सहयोग विना नै यो प्रक्षेपण गरेको हो । रुसी अन्तरिक्ष एजेन्सी रोजकोसमोसले प्रत्यक्ष तस्बिर सार्वजनिक गरेको छ । युक्रेनमा आक्रमण गरेपछि रुसमाथिको प्रतिबन्धले उसको अन्तरिक्ष कार्यक्रमलाई समेत असर पुगेको थियो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com