Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई पाँच वर्ष राजनीतिमा प्रतिबन्ध

काठमाण्डौ – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पाँच वर्षका लागि राजनीतिमा प्रतिबन्ध लगाइएको छ ।पाकिस्तानको निर्वाचन आयोगको आदेश अनुसार खान आउँदो पाँच वर्षसम्म चुनाव लड्न नपाउने भएका छन् । आयोगले खानलाई सम्पत्तिको गलत घोषणा गरेकोमा दोषी ठहर गर्दै अयोग्य ठहर गरेको अल जजिराले जनाएको छ ।

खानको निर्वाचन क्षेत्र अब खाली रहनेछ । पाकिस्तानी कानून अन्तर्गत दोषी व्यक्ति तोकिएको अवधिको लागि कुनै पनि सार्वजनिक पदमा उम्मेदवार हुन सक्दैन ।

खानमाथि प्रधानमन्त्री पदमा रहँदा प्राप्त महँगा उपहारहरु बेचेर सरकारी कोषमा जम्मा नगरेको आरोपमा अदालतले गएको शनिवार तीन वर्षको जेल सजाय तोकेको छ ।

खान अहिले जेलमा छन् । पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) पार्टीका नेता खान सन् २०१८ को मे मा प्रधानमन्त्री बनेका थिए ।

खान संसदले अविश्वास प्रस्ताव पारित गरेपछि सन् २०२२ अप्रिल १० मा पदमुक्त भएका थिए । खानले आफूमाथि लागेका आरोपको खण्डन गर्दै सबै आरोपहरु राजनीति प्रेरित भएको बताउँदै आएका छन् ।अहिलेपाकिस्तानको प्रधानमन्त्री शहबाज शरिफ हुनुहुन्छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com