Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

पाकिस्तानमा इस्लामिक पार्टीले गरेको र्यालीमा विस्फोट हुँदा ४४ जनाको ज्यान गयो

पाकिस्तानमा इस्लामिक पार्टीले गरेको र्यालीमा विस्फाेट हुँदा ४४ जनाको ज्यान गएको छ । एक सय जनाभन्दा धेरै घाइते भएका छन् ।

उत्तर पश्चिमी प्रान्त खैबर पख्तुनख्वाको बाजोर जिल्लामा जमियत–उलेमा–ए–इस्लाम–फजल (जेयूआईएफ) ले आयोजना गरेको र्यालीमा बम विस्फाेट भएको बीबीसीले जनाएको छ । विस्फोटमा जेयूआईएफका एक प्रमुख नेता पनि मारिएका छन् ।

स्थानीय प्रहरीले विस्फोटमा परेर  ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बताएका छन् । प्रहरीका अनुसार घाइते सबैको उद्धार गरी अस्पताल पठाइएको छ । १५ जनाको अवस्था गम्भीर छ । विस्फोट हुनुको यकिन कारण खुलेको छैन । तर, प्रहरीले आत्मघाती आक्रमण भएको प्रमाण भेटिएको बताएका छन् ।

विस्फोट भएको क्षेत्रलाई घेराबन्दी गरिएको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले घटनाको भर्त्सना गर्दै छानबिनका लागि निर्देशन दिनुभएको छ । खैबर पख्तुनख्वा प्रान्त अफगानिस्तानको सीमा क्षेत्रसँग जोडिएको छ ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com