Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

टिकटकले राष्ट्रिय सुरक्षामा जोखिम बढाएको अमेरिकी सुरक्षा विज्ञको विश्लेषण

काठमाण्डौ – अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञले लोकप्रिय एप्लिकेसन टिकटक राष्ट्रिय सुरक्षाका लागि जोखिमपूर्ण भएको बताएका छन् ।

टिकटक चिनियाँ सरकारको स्वामित्वमा रहेको छ । टिकटकले चिनियाँ सरकारलाई स्थान, बायोमेट्रिक पहिचानकर्ता र ब्राउजिङमा पहुँच दिने तथा प्रयोगकर्ताको जानकारी पुर्‍याउने गरेको सङ्घीय जाँच ब्यूरो (एफबिआई) ले उल्लेख गरेको अमेरिकी अखबार द हिलले लेखेको छ ।

एफबिआईले सार्वजनिक गरेको सूचनाका आधारमा सिनेटर मार्क वार्नरको नेतृत्वमा एक समूहले वाणिज्य विभागलाई टिकटकमाथि नियमनको अधिकार प्रदान गर्ने कानुन बनाएको छ ।

राष्ट्रपति जो बाइडेनले पनि यो कानुनलाई तत्काल अनुमोदन गरेर पारित गर्न आह्वान गरेको खबरमा उल्लेख छ ।

टिकटकमात्र व्यक्तिगत विवरण सङ्कलन गर्ने पहिलो कम्पनी नभएको र वि च्याटजस्ता धेरै अन्य एप चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्ध रहेकोले गम्भीर भएर हेर्नुपर्ने अमेरिकी सुरक्षा विज्ञको सुझाव छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com