Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

रेखा थापाको फिल्ममा गीत गाउँदै एलिना 

sharethis sharing button

रेखा फिल्म्सबाट बन्ने नयाँ फिल्मको सोमबार गीत रेकर्डिङ गरिएको छ। 

बाबुल गिरीको संगीत र शंकर अधिकारी घायलको शब्द रहेको गीतमा एलिना चौहानले स्वर दिएकी छन्। गायनमा एलिनालाई बाबुलले साथ दिएका छन्।

गुरु पूर्णिमाको अवसर पारेर गीत रेकर्ड गरिएको हो। गायिका एलिनाले फिल्मको लागि पहिलो पटक गीत गाएकी हुन्। 

फिल्मको लागि गीत गाउन पाउँदा आफू उत्साहित रहेको उनले बताइन्। 

अभिनेत्री रेखाले एलिनाको गीतलाई दर्शकले रूचाउने बताइन्। ‘रेखा फिल्म्सले जहिल्यै पनि नयाँ प्रतिभालाई अवसर दिदै आएको छ। पाश्र्व गायनमा एलिनाको भविष्य उज्वजल देखेकी छु। यो गीत दर्शकले रूचाउनेमा विश्वस्त छु,’ उनले भनिन्।

रेखाको आगामी फिल्मको नाम तय हुन बाँकी छ। फिल्ममा चार वटा गीतहरू रहनेछ। अन्य तीन वटा गीतमा अर्जुन पोखरेलले संगीत भर्नेछन्। 

ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने फिल्ममा रेखासँगै पूजा शर्माको मुख्य भूमिका रहनेछ। फिल्मको छायांकन साउनको दोस्रो साताबाट सुरू गरिने बताएको छ। सेतोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com