Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

सडक पिच गर्न माग गर्दै स्थानीयले गरे भैंसेपाटी सडक अवरूद्ध

साउन,२१ काठमाडौं । सडक पिच गर्न माग गर्दै ललितपुर महानगरपालिकाको नख्खुबाट भैंसेपाटी जाने बाटो ‍स्थानीयले अवरूद्ध गरेका छन्।
शनिबार बिहान ललितपुर महानगरपालिकाको नख्खुबाट भैंसेपाटी जानेबाटो पिच गर्न भन्दै सडक अवरूद्ध गरेका हुन्।
वडा नम्बर १८, २१, २२ र २५का स्थानीयले मिलेर बाटो छेकेर अवरूद्ध गरेका थिए।

उनीहरूले अवरूद्ध गरेको सडक अहिले खुलिसकेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक अंगुर जिसीले जानकारी दिए।

स्थानीयले बिहान ९ बजेदेखि ११ बजेसम्मको लागि सडक अवरूद्ध गरेका थिए।
पिच नभएसम्म विरोध प्रदर्शन जारी नै राख्ने स्थानीयले बताएका छन्।

स्थानीय राजन थापाका अनुसार सडक आर्थिक वर्ष २०७७/०७८ को असार मसान्त सम्म बनिसक्नुपर्ने थियो। तर सरोकारवालाहरूले सडक निर्माण समयमै नगरेको हुँदा अवरूद्ध गर्न बाध्य भएको उनले बताए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com