Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

सेवानिवृत्त हुने उमेरहद बढाएपछि फ्रान्समा राष्ट्रपतिविरुद्ध १० लाखले गरे प्रदर्शन

फ्रान्समा निवृत्तिभरण सुधारविरुद्ध राष्ट्रव्यापी प्रदर्शन अझ चर्कने सङ्केत देखापरेको छ ।
राष्ट्रपति इम्यानुल म्याक्रोँले अघि सारेको निवृत्तिभरण सुधारसम्बन्धी योजनाविरुद्धको विरोध प्रदर्शन झनै व्यापक हुने भएको हो ।

अलोकप्रीय पेन्सन सुधारविरुद्ध बिहीबार देशभर भएका विरोध प्रदर्शनमा १० लाखभन्दा बढी सहभागी भएका थिए भने आगामी साता बेलायतका राजा चार्ल्स तृतीयको भ्रमणको समय पारेर राष्ट्रव्यापी हडताल र विरोध प्रदर्शनका निम्ति आह्वान भएको छ ।

राष्ट्रपति म्याक्रोँले अघि सारेको सेवानिवृत्तिको उमेरप्रति फ्रान्सेली क्रुद्ध भएका छन् । उनले ‘रिटायर’ हुने विद्यमान ६२ वर्षको उमेर हदलाई बढाएर ६४ पुर्‍याउने विधेयक प्रस्ताव गरेका छन् ।

भारी मतले सदनले अनुमोदन गरेको उक्त विधेयक संसदीय समितिमा विचाराधीन छ । उक्त समितिले अन्तिम मस्यौदा तयार गरेर पुनः सदनमा प्रस्तुत हुनेछ ।
यसैबीच, बिहीबारको राष्ट्रव्यापी विरोध प्रदर्शनका क्रममा ४५७ जना पक्राउ परेका तथा ४४१ जना घाइते भएका गृहमन्त्री गेराल्ड डर्मानिनले बताएका छन् । राजधानी पेरिसमा ठूलो प्रदर्शन भएको तथा धेरै स्थानमा टायर बालेर विरोध गरिएको उनले जानकारी दिएका छन् ।रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com