Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

चितवन राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैँडा र पाटेबाघ मृत भेटिए

पुष,२८ काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिङ्गे एउटा गैँडा र एउटा पाटेबाघ मृत भेटिएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत निकुञ्जको कोर क्षेत्रमा पर्ने नारायणी नदीको बगरमा भाले बाघ मृत भेटिएको निकुञ्जले बताएको छ ।

निकुञ्जका अनुसार अन्दाजी १५ वर्षको भाले बाघ प्राकृतिक कारणले मरेको हो । यस्तै, चितवन राष्ट्रिय निकुञ्जको सौराह सेक्टर अन्तर्गत कछुवानी पोष्टको कार्यक्षेत्रमा पर्ने निकुञ्जको कोर क्षेत्रमा एउटा एक सिङ्गे गैँडा मृत भेटिएको छ।
गैँडाको खाग सुरक्षित छ । बाघको आक्रमणका कारण गैँडा मरेको निकुञ्जले जनाएको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com