Yeti Khabar

२०८१ श्रावण १, मंगलवार - Tue Jul, 2024 -

हर्क साम्पाङलाई अभिव्यक्ति सच्याउन दलित आयोगको अनुरोध

राष्ट्रिय दलित आयोगले मङ्गलबार धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले आफ्नो फेसबुकमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्ति सच्याउनुपर्ने माग गरेको छ ।

आयोगले कुनै जातप्रति (चमारप्रति) अपमान हुने अभिव्यक्ति दिँदा त्यसको गम्भीर नकारात्मक असर पार्ने भन्दै नगरप्रमुख साम्पाङलाई उक्त अभिव्यक्ति सच्याइ दलित समुदायप्रति पर्न गएको चोटका लागि आत्मालोचना गर्न अनुरोधसमेत गरेको छ ।

“जनताको प्रतिनिधि र स्थानीय सरकारको प्रमुखजस्तो गरिमामय पदमा आसिन व्यक्तिले संविधान, प्रचलित मूल्य मान्यता र अन्तर्राष्ट्रिय मानवअधिकारको भावना र मर्मविपरीत चमार समुदायप्रति अपमान गर्नुले समाजमा नकारात्मक असर पर्ने भएकाले आत्मालोचना गर्न अनुरोध गर्दछौँ”, आयोगद्वारा आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com