Yeti Khabar

२०८१ पुष २९, सोमबार - Mon Jan, 2025 -

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा पुनः विश्व भक्त दुलाल ‘आहुती’

पुस, २५ काठमाडाैं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा पुनः विश्व भक्त दुलाल ‘आहुती’ चुनिएका छन् । उक्त पार्टीले बिहीबार काठमाडौँको राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रथम राष्ट्रिय सम्मेलनले लिएका निर्णय सार्वजनिक गरेकाे थियाे ।

पत्रकार सम्मेलनमा बोल्दै महासचिव आहुतिले नेपालमा समाजवादी क्रान्ति परम्परागत ढङ्गले सम्पन्न हुन नसक्ने जिकिर गरेका छन् । उनले आगामी ३ महिनाभित्र कसैले पनि नसोचेको नयाँ अवधारणा सार्वजनिक गर्ने दाबीसमेत गरेका छन् ।

महासचिव आहुतीले आफ्नो पार्टीको निर्देशक सिद्धान्त मुलरुपमा मार्क्सवाद–लेनिनवाद–माओवाद नै भए पनि समयक्रम र नेपालको अवस्था अनुकूल त्यसमा परिमार्जनसहित आफ्नो पार्टीले नयाँ अवधारणा तयारी सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी दिए । परम्परागत पिरामिड आकारको प्रणालीबाट असफल भइसकेकोले प्रत्यक्ष जनवादमा आधारित सङ्गठनात्मक प्रणालीको अभ्यास आफूहरूले गर्न थालेको पनि बताए । 

पार्टीको पुस १९ देखि २१ सम्म चलेको प्रथम राष्ट्रिय सम्मेलनले आहुतिलाई महासचिव र मदन अर्याललाई प्रवक्ताको जिम्मेवारीसहित ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको जानकारी दिइयो । 

आहुतिको नेतृत्वमा बनेको ५१ सदस्यीय केन्द्रीय समितिमा जागृत रायमाझी, धनकुमारी सुनार, राजकुमार हिङमाङ,राजेश्वरी सुवेदी, बुद्धलक्ष्मी महर्जन, सुरेन्द्र लुइँटेल, रुपा सुनार, भूपाल साम्पाङ राई, सुवास पाण्डे, सतिसाल, मोहन लकान्द्री, सुरज राई, लक्ष्मण न्यौपाने, बुद्धिराम ठटाल, हिरादेवी दास, जीवन प्रतीक, धनबहादुर श्रेष्ठ, रुकु रणपाल, शान्ति गजमेर, बैद्यनाथ ठाकुर, प्रेम गैरे, तीर्थराज मजकोटी, भावना, हिमांसु घिमिरे, प्रकाश शर्मा, शशी विश्वकर्मा, भुवन सेन्चुरी, टिबी लामिछाने, राजेश नेपाली, यशोदा बराल, श्याम कुँवर, पुष्प भण्डारी, देवसिं लामा, तिर्थमाया तामाङ, नरेन्द्र सेराला, काल्साङ लामा, डेविड परियार, रुविना झा र राजन डोने रहेका छन् । त्यसैगरी रवि गुरागाईँ र मोहन साशंकरलाई केन्द्रीय सल्लनहाकारमा प्रेमबहादुर बिकलाइ पार्टी केन्द्रीय कार्यालय सचिवमा चयन गरिएको बताए । 

देशको भौगोलिक क्षेत्रलाई १० वटा ब्युरो र एउटा प्रकाशन ब्युरो गरी जम्मा ११ ब्युरोमा विभाजन गरी संयोजकको जिम्मेवारीसमेत तोकिएको छ ।  सम्मेलनपछि बसेको केन्द्रीय समिति बैठकले तीन महिने कार्य योजना निर्माण गरी जसमा माघ २० गतेसम्म सबै ब्युरो स्तरीय प्रशिक्षण सम्पन्न गर्ने, फागुन र चैत्र महिनामा २ महिने विशेष राजनीतिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

अभियानको क्रममा सबै तहका सरकारहरूको हिसाब खोज्ने, भ्रष्टहरूलाई कारबाही गर्ने, जनताका समस्याहरू समाधान गर्न पहल लिने निर्णय लिएको जनाएको छ । अभियानको उत्कर्षको रूपमा चैत्र २४ गते देशव्यापी प्रदर्शन गर्ने तथा चैत्र अन्तिम साता केन्द्रीय पार्टी स्कुल सञ्चालन गर्ने निर्णय गरिएको पनि जानकारी गराए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com