Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १२ पुग्यो

मंसिर,२७ काठमाडौं । जाजरकोटमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १२ जना पुगेको छ । दुर्घटनामा घाइते जैभान अधिकारीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मत्यु भएको हो ।

मृत्यु हुनेमा चालक दैलेखको भगवतीमाई गाउँपालिका–२ का मानबहादुर रावत, सहचालक भगवतीमाई– ३ का वीरेन्द्र केसी र अम्मर खड्का रहेका छन् । दुर्घटनामा ज्यान गुमाउने १२ जनामध्ये ८ जना एकै वडाका रहेका छन् । जाजरकोट छेडागाड नगरपालिका–५ का जैभान अधिकारीसहित दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारीको ज्यान गएको हो । छेडागाड–६ का वीरबहादुर खत्रीको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोट प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले जानकारी दिनु भयो ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com