Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

जनमत पार्टीका अध्यक्ष सिके राउत र बाबुराम भट्टराईबीच भेट

मंसिर, १९ काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत र नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराईबीच भेट भएको छ।
प्रतिनिधिसभामा निर्वाचित भइसकेपछि सिके राउतले पछिल्लो समय राजनीतिक भेटघाट तीव्र पारेका छन्। यसैक्रममा उनले आज भट्टराईलाई भेटेका हुन्।

राउत र आफूबीच भेटघाट भएको भट्टराईले ट्वीटरमार्फत् जानकारी दिएका छन्।
भेटमा समसामयिक राजनीतिबारे छलफल भएको उनले बताएका छन् ।

जनमत पार्टीका अध्यक्ष डा.सि के राउत र अन्य उच्च पदाधिकारीसँग समसामयिक राजनीतिबारे उपयोगी छलफल। मैले संविधान निर्माणको क्रममा संवैधानिक समितिको सभापतिको हैसियतले तत्कालीन सबै विद्रोही समूहहरूको समेत राय लिने क्रममा उहाँलाई सिंहदरबारमा भेट्दा औंला उठाउनेहरू आज गलत साबित भएकोमा खुसी उनले लेखेका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com