चीनको संस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन नेपाल आउँदै

कार्तिक,२५ काठमाडौं । चीनको संस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन नेपाल आउने भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भन्दाअघि नै उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले चिनियाँ उपमन्त्री नेपाल आउने कार्यक्रम रहेको तर मिति यकिन नभएको बताए ।
परराष्ट्रमन्त्री नारायण खड्का चुनावी कार्यक्रममा उदयपुरमा छन् । खड्काको अनुपस्थितिमा पर्यटनमन्त्री श्रेष्ठले चिनियाँ पाहुनालाई स्वागत गर्ने कार्यक्रम तय गरिएको पराष्ट्रमन्त्री खड्काका स्वकीय सचिव लिला भट्टराईले बताए ।
चिनियाँ उपमन्त्रीले काठमाडौं र भक्तपुरमा चिनियाँ लगानीमा बनेका सम्पदाहरुको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ ।