Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

तोसिमा कार्कीको रिट दर्ता, मंगलबार पेसी

कात्तिक, १४ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की उम्मेदवार डा.तोसिमा कार्कीको रिट दर्ता भएको छ । उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कार्कीले सोमबार सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् । लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो ।

आयोगको निर्णयविरुद्ध कार्की रिट लिएर सर्वोच्च गएकी थिइन् । निर्वाचन कानुनमा लाभको पदमा रहेको व्यक्ति उम्मेदवार बन्न नसक्ने व्यवस्था गरिएको छ । डा.तोसिमा कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य हुन् । नियमित तलब नपाइने भएपनि बैठकमा भत्ता पाइने भएकाले निर्वाचन आयोगले लाभको पद भन्दै तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो । तर मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नभएको भन्दै आयोगको निर्णयविरुद्ध कार्की रिट लिएर अदालत गएकी थिइन् ।

उम्मेदवारी कायम गर्न अन्तरिम आदेशको मागदावी लिएर अदालत पुगेकी उनको रिट मंगलबारको पेसीमा राखिएको रिट निवेदक कार्कीले बताइन् । मंगलबार एक न्यायाधीशको इजलासमा उनको रिटमाथि सुनुवाइ हुनेछ । अन्तरिम आदेशको माध्यमबाट उम्मेदवारी कायम राख्न आदेश आएमा उनको उम्मेदवारी कायम रहन पनि सक्नेछ ।

यसअघि रुपन्देही २ का उम्मेदवार राजु गुरुङको रिटमा एक न्यायाधीशको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको थियो भने दुई न्यायाधीशको इजलासले अन्तरिम आदेशको निरन्तरता दिन अस्वीकार गरेको थियो । यद्यपि राजु गुरुङ र तोसिमा कार्कीको मुद्दाको प्रकृति फरक छ । रिटमा नेपाल मेडिकल काउन्सिलको बैठकमा भाग लिएवापत पाइने भत्ता लाभको पद हो कि होइन भनेर व्याख्या गर्नुपर्ने हुन्छ । रातोपाटी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com