Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

एक घरबाट झन्डै २९ तोला सुनका गरगहना चोरी

साउन,२४ काठमाडौं । काठमाडौंको कीर्तिपुरमा एक घरबाट झन्डै २९ तोला सुनका गरगहना चोरी भएको छ।
मंगलबार बिहान सवा ३ बजे कीर्तिपुर नगरपालिका-४ मच्छेगाउँ चम्पादेवीस्थित एक घरमा चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

घरमा बुढाबुढी मात्रै बस्थे। साढे २ तले घरमा पहिलो तलाको मूल ढोका फुटाएर ५-७ जना केटाहरू प्रवेश गरेको सूचना प्रहरीले पाएको थियो। उनीहरूले घर भित्र गएर विभिन्न गरगहना, हिरा, नगद चोरी गरी फरार भएको प्रहरी उपरीक्षक मैनालीले बताए।
सुनका
खबर पाएपछि कीर्तिपुर प्रहरी वृत्तले अनुसन्धान गरिरहेको छ। घरमा तीन जना वृद्ध-वृद्धाहरू मात्रै बस्छन्। सबै जना ७० वर्षमाथिका हुन्। उनीहरूका छोराछोरी विदेशमा छन्।

राति चोरी भएपछि ती वृद्धहरूले छिमेकीलाई गुहारेका थिए। घटना भएको डेढ घन्टापछि कीर्तिपुर प्रहरीलाई खबर भएको थियो।
प्रहरी उपरीक्षक मैनालीका अनुसार घरबाट एक लाख ५० हजार रुपैयाँ, अन्दाजी ११ तोला सुनका सात वटा चुरा, पाँच तोला सुनका दुई वटा सिक्री, छ तोला सुनका ९ वटा औंठी, दुई तोला सुनका एउटा नवरत्न लकेट, पाँच तोला सुनका नौ वटा टप चोरी भएको प्रहरीले जनाएको छ।

दुई वटा हिराका औंठी र तीन वटा हिराको नवरत्न जडान गरिएको तीन वटा औंठी चोरी भएको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com