७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
![](https://www.yetikhabar.com/wp-content/uploads/2022/06/Arrested1609746580-1024x596.jpg)
असार, १९ काठमाडौं । सिन्धुपाल्चोकमा ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार बलात्कार आरोपमा १६ वर्षीय किशोरलाई शुक्रबार राति पक्राउ गरिएको हो।
उनले ७ वर्षीया बालिकामाथि गत असार १३ गते बलात्कार गरेको आरोप छ।
उनीहरू छिमेकी समेत हुन्। किशोरले आफ्नो घरमा लगेर बलात्कार गरेको भन्दै कार्यालयमा जाहेरी परेको थियो।