Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

उर्लाबारीमा एमाले विजयी

जेठ, ५ काठमाडौं । मोरङको उर्लाबारी नगरपालिकामा एमालेले जित हासिल गरेको छ । उर्लाबारी यसअघि नेपाली काँग्रेसका खड्ग फागोले जितेका थिए । पुनः दोहोर्याएका फागो यस पटक एमालेका गंगा प्रसाद खरेलसँग पराजित भए ।

खरेलले १२ हजार १ सय ५६ मत ल्याएर विजयी बन्दा काँग्रेसका खड्ग बहादुर फागोले १० हजार २ सय ९० मत ल्याए । उर्लाबारीको उपमेयरमा पनि एमालेकै मिना कुमारी खतिवडा विजयी भएकी छन् । उनले १० हजार ७ सय २ मत ल्याएर विजयी भएकी हुन् । काँग्रेसकी सीता कार्कीले भने १० हजार ६ सय ४० मत प्राप्त गरिन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com