Yeti Khabar

२०८० आश्विन १६, मंगलवार - Tue Oct, 2023 -

सत्तारुढ गठवन्धन भरतपुरमा बागी उम्मेदवारलाई फकाउन असफल

वैशाख,१६ काठमाडौ । भरतपुरमा बागी उम्मेदवारलाई फकाउन गएका गृहमन्त्री बालकृष्ण खाण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ फकाउन नसकेपछि फर्किएका छन्।

भरतपुर मेयरका बागी उम्मेदवार जगन्नाथ पौडललाई फकाउन कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका दूत बनेर गृहमन्त्री खाण र श्रेष्ठ बुधबार ९वैशाख १४० चितवन आएका थिए।

काठमाडौं फर्कने क्रममा भरतपुर विमानस्थलमा संक्षिप्त कुरा गर्दै खाणले बागी उम्मेदवारले विवेकसम्मत निर्णय लिने आशा व्यक्त गरेको बताए । हामीले पार्टीका तर्फबाट चितवनका साथीहरूसँग कुरा राख्यौं। उहाँहरूको कुराहरू पनि सुन्यौं। आशा छ उहाँहरूले विवेकसम्मत निर्णय गर्नुहुनेछ।

पौडेललाई कांग्रेस नेता रामचन्द्र पौडेल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि फोन गरी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। बिहीबार साँझ गृहमन्त्री खाणले पौडेललाई आफू बसेको होटल सेन्ट्रल पाममा बोलाएका थिए तर पौडेल आउन मानेनन्।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com