Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

हामी यो मुलुकलाई हिन्दु राष्ट्र बनाइ छाड्छौ : पशुपति राणा

काठमाडौ २५ चैत । राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर राणाले अपवित्र सम्झौताबाट नेपाललाई धर्मनिरपेक्ष बनाइएको भन्दै राप्रपाले हिन्दु राष्ट्र बनाइ छाड्ने दावी गरेका छन् । आज काठमाडौको खुलामञ्चमा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता राणाले हिन्दु राष्ट्र नेपालको पहिचान भएको भन्दै कुन साजिसबाट धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेर सम्पुर्ण नेपालीलाई धोखा दिएको राणाको भनाइ छ ।

‘हामी यो मुलुकलाई हिन्दु राष्ट्र बनाइ छाड्छौ । जनमत संग्रह गराएर पनि गराइ छाड्छौ’, राणाको दावी छ । उनले ८१ प्रतिशत नेपाली हिन्दु राष्ट्रको पक्षमा रहेको भन्दै हिन्दु राष्ट्र बनाउनबाट अव राप्रपालाई कसैले रोक्न नसक्ने बताएका छन ।

‘खेल मैदानमा शक्ति राष्ट्रले खेल्न नपाउन् भनेर शक्तिमा बसेका ठुला पार्टीले ख्याल गर्नुपर्छ’, राणाले भने,‘के ठुला पार्टीका नेताहरुले सावधानी अपनाएका छन् संवेदनशील भएका छन् राणाको प्रश्न छ । उनले ठुला दलका नेताहरुले शक्ति राष्ट्रले खेल मैदान बनेको बारे बुझेको पनि हुनसक्ने भएपनि तर कसरी यो अप्ठेरो परिस्थिति भयो र यो दिशा हामीलाई चाहिएको बताए । उनले महँगी बढेको, अर्थतन्त्र संकटतर्फ धकेलिएको भन्दै यसको नियन्त्रण गर्न शासन सत्तामा बसेकाहरुले विशेष ध्यान दिन नसकेकोमा चिन्ता प्रकट गरे । उनले एमसीसीको उदाहरण दिदै यस्ता राजनीतिक दलका नेताबाट कसरी मुलुक चल्छ भनेर विश्वास गर्ने भनेर प्रश्न गरे ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com