Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

नेपाल सरकारले कुनै पनि आरोहीलाई रोक लगाएको छैन

२३ चैत, काठमाडौं । रुस र युक्रेनको युद्धका बीच युक्रेनले नेपाल सरकारलाई पत्र लेखी रुसी आरोहीलाई आरोहणमा रोक लगाउन माग गरेको छ । नेपाल सरकारले भने कुनै पनि आरोहीलाई रोक लगाएको छैन । पर्यटन विभागका अनुसार नेपालमा सगरमाथा चढ्न रुसी आरोही आउने क्रम जारी छ ।

विभागको तथ्यांक अनुसार बुधबारसम्म कुल १९ समूहका १७६ जना आरोहीले सगरमाथा चढ्न अनुमति लिएका छन् । जसमा रुसबाट ४ महिलासहित १४ जनाले अनुमति पाइसकेका छन् ।

सगरमाथाबाहेक अन्य हिमालका लागि भने २ जना रुसी नागरिकले अनुमति लिएको तथ्यांक छ । यसअनुसार कुल १६ रुसी आरोहीले बुधबारसम्म हिमाल चढ्न अनुमति प्राप्त गरेका हुन् ।
बुधबारसम्म सगरमाथा चढ्न सबैभन्दा धेरै अमेरिकाबाट ४२ जनाले अनुमति लिएका छन् । बेलायतबाट २१, भारतीय १५, नेपाल र क्यानडाबाट १०/१० जनाले अनुमति लिएका छन् ।

सगरमाथा चढ्न कुल ३८ मुलुकका नागरिकले अनुमति लिएका हुन् । सगरमाथासहित कुल १६ वटा हिमाल चढ्न बुधबारसम्म ५३ समूहका ४५१ जनाले आरोहण अनुमति लिएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com