Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

भारतीय सेना बोलाएर देशभक्त नेपालीको टाउको काट्ने काँग्रेस

काठमाडौं १८ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसको शासन पञ्चायत र राणा शासनभन्दा कम नहुने गरेको टिप्पणी गरेका छन् । उनले नेपालमा भारतीय सेना बोलाएर देशभक्त नेपालीको टाउको काट्ने पनि काँग्रेस नै भएको ओलीको भनाइ छ । आज अनेरास्ववियु केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकलाई काठमाडौँमा सम्बोधन गर्दै ओलीले भीमदत्त पन्तको प्रसंग कोट्याउँदै सो कुरा बताएका हुन् ।

‘डोटीमा गिरफ्तार गरेर भिमदत्त पन्तको टाउको काट्ने काम । अलिक भन्न राम्रो लाग्दैन तर यो सव नेपाली काँग्रेसले गराएको थियो’, ओलीले भने, ‘भारतीय सेना नेपालभित्र बोलाएर, नेपालको आन्दोलन र भलो यसरी हुन्छ भन्ने एउटा देशभक्तको टाउको नेपाली काँग्रेसले कटाएको थियो ।

पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले २००७ सालमा लोकतन्त्र आएको र ८ सालमा मोहनशमशेर हटेर मात्रिका कोइराला प्रधानमन्त्री भएपछि कम्युनिस्ट पार्टीमाथि प्रतिवन्ध लगाएको बताए । काँग्रेसले बुझेको लोकतन्त्र नै त्यस्तै रहेको भन्दै काँग्रेस सरकारमा रहँदासम्म कम्युनिस्टमाथि प्रतिवन्ध लगाउने गरेको भन्दै पञ्चायत र राणाशासन भन्दा काँग्रेस शासन कम नरहेको बताए ।

ओलीले माधव नेपाल कम्युनिस्ट नै नभएको भन्दै उनले कम्युनिस्ट सरकार र पार्टी फुटाउने माधव नेपाल कम्युनिस्ट नभएर पत्रु भएको टिप्पणी गरे ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com