Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

शिवरात्रि झल्काउने चित्र पशुपतिमा


१४ फागुन, काठमाडौं

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ क्षेत्रका भित्तामा शिवरात्रि झल्काउने चित्रहरु बनाइएको छ ।
करिब एक महिनादेखि पशुपतिनाथ क्षेत्रका भित्तामा शिव,पार्वती, गणेश, हनुमान, पशुपतिनाथ, गाई र त्रिशुलका चित्र बनाइएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।

उनका अनुसार शिवरात्रिको महिमा चित्रकलामार्फत पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीसम्म पुर्‍याउने उद्देश्यले चित्रकला बनाइएको हो । उनले भने, ‘पशुपति क्षेत्र विकास कोषले यस वर्षदेखि नै पशुपतिनाथ क्षेत्रका भित्तामा शिवरात्रि, शिवको महिमा झल्काउने चित्रकला बनाउन थालेको छ ।
प्रवक्ता अधिकारीका अनुसार कोषले पशुपतिनाथमा रङ्गरोगनका लागि गरेर करिब ३५ लाख रुपैयाँ बजेट छुट्याएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com