Yeti Khabar

२०८१ बैशाख २६, बुधबार - Wed May, 2024 -

बलात्कारको आरोपमा वडाध्यक्षसहित दुई जना पक्राउ

असार, १५ काठमाडौं । बैतडीमा बलात्कारको आरोपमा एक वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन्।
मेलौली नगरपालिका-१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगीलाई पक्राउ गरेको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

उनका अनुसार उनीहरूले २८ वर्षीया युवतीलाई गत चैत १५ गते बलात्कार गरेको आरोप छ।
पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक जोशीले बताए।

पीडित महिलाको स्वास्थ्य परीक्षण उजुरी दिएकै दिन जिल्ला अस्पतालमा गरिएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com