Yeti Khabar

२०८१ बैशाख १९, बुधबार - Wed May, 2024 -

एसपीपी कार्यान्वयन गर्ने कि रद्द, नेपालको हातमा छ: अमेरिकी दूतावास

२ असार, काठमाडौं । स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) कार्यान्वयन गर्ने कि रद्द गर्ने नेपालको हातमा रहेको नेपालस्थित अमेरिकी दूतावासले बताएको छ ।

एसपीपी कार्यान्वयनको विषयलाई लिएर नेपालमा चर्को बहस छ । सरकारलाई यो कार्यक्रम स्वीकार नगर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मात्र होइन, स्वयं सत्तारुढ दलका सांसदहरुले नै दबाव दिएका छन् । बिहीबार गृहमन्त्री बालकृष्ण खाँणले पनि स्टेट पार्टनरसीप प्रोग्राम नेपालले स्वीकार नगरेको र गर्न पनि नसक्ने बताएका थिए ।

यद्यपि स्टेट पार्टनरसीप प्रोग्राममा समावेश गर्न सरकारको सहमतिमा नेपाली सेनाले सन् २०१५ मा पत्रचार गरेको खुलेको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासका नियोग उपप्रमुख मानुअल मिकलरले पनि सन् २०१५ र २०१७ मा एसपीपीमा सहभागी हुन नेपालले आवेदन दिँदा यहाँको नागरिक, सरकार र सेनासँग खुला छलफल गरिएको बताएका छन् ।अनलाईन खबर बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com