Yeti Khabar

२०८२ असार ७, शनिबार - Sat Jun, 2025 -

असारमा प्रधानमन्त्री स्पेन भ्रमणमा जाने

बैशाख, ३० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने भएका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री आरजु राणाले प्रधानमन्त्री ओली स्पेन भ्रमणबारे बताएको छिन् ।

परराष्ट्रमन्त्री राणाका अनुसार प्रधानमन्त्री ओली स्पेनको सेभिल सहरमा असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासको लागि वित्तपोषण सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन जान लागेका छन्। नेपाल पनि यसको आयोजक समितिमा बसेको हुनाले केही दिनअघि भएको भर्चुअल बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेको परराष्ट्रमन्त्री राणाले बताइन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com