Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

४४ वर्षका म्याक्रों फेरि बने फ्रान्सका राष्ट्रपति

इम्यानुअल म्याक्रों फेरि फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएका छन्।
समाचार संस्था एएफपीका अनुसार आइतबार भएको दोस्रो चरणको चुनावमा म्याक्रोंले ५८.८ प्रतिशत मत पाए भने उनकी प्रतिष्पर्धी दक्षिणपन्थी उम्मेदवार मरिन लि पेनले ४१.२ प्रतिशत मत पाइन्।

बितेका दुई दशकमा फ्रान्सको राष्ट्रपतिमा दोस्रो पटक निर्वाचित हुने म्याक्रों पहिलो व्यक्ति हुन्। ३९ वर्षको उमेरमा पहिलो पटक सन् २०१७ मा उनी फ्रान्सको राष्ट्रपति भएका थिए। अहिले उनी ४४ वर्षका भए।

फ्रान्समा म्याक्रोंको विजयसँगै संसारभरका नेताहरूले उनलाई बधाई दिएका छन्। जर्मनीका चान्सलर ओलाफ स्कल्जले म्याक्रोंको जितले युरोपलाई विश्वासको मत मिलेको बताएका छन्।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि म्याक्रोंलाई बधाई दिएका छन्। दुई महिनादेखि रूसी आक्रमणको सामना गरिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले म्याक्रोंलाई सच्चा मित्र भन्दै बधाई दिएका छन्।

जितपछि आइफेल टावरनजिकै समर्थकहरूलाई सम्बोधन गर्दै म्याक्रोंले अब चुनाव सकिएको र आफू सबैको राष्ट्रपति बन्ने बताएका छन्। उनले आफ्नो जित स्वतन्त्र फ्रान्स र बलियो युरोपका लागि भएको बताएका छन्।

आफूलाई आएको भोटमध्ये केही आफ्ना समर्थकको भए पनि केही लि पेनका घोर दक्षिणपन्थी मुद्दाको विरोधमा भएकाले आफूले सबैलाई समेटेर अगाडि लैजाने म्याक्रोंको भनाइ छ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com