नवलपरासीमा एक दम्पतीको बीभत्स हत्या
जेठ,२३ काठमाडौं । नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पतीको बीभत्स हत्या भएको छ। प्रतापपुर वडा नं. ८ पथलहनी बस्ने ५५ वर्षीय तीलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको बीभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक विनोद सिलवालले बताए ।
हिजो राति टाउकोमा धारिलो हतियार प्रयोग गरी दम्पतीको हत्या भएको सिलवालले जनाए । प्रतापपुरकै बैरिहवामा रहेको घरमा छोरीछोरीहरू बस्दै आए पनि उनीहरू भने गाईवस्तुको रेखदेख गर्न भन्दै गोठमा सुत्न गएका थिए।
सोही गोठमा उनीहरूको हत्या भएको प्रहरीले बताएको छ । हत्या भएपछि उनीहरूको शव आँगनमा फालिएको थियो।