Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

प्रहरीको गाडी आगजनी गरेको आरोपमा ६ जना पक्राउ

फागुन,३ काठमाडौं । काठमाण्डौको नयाँ बसपार्कमा रहेको ल्होत्से मलमा गएको सोमवार लुटपाट गर्ने छ जना पक्राउ परेका छन् ।
सोमवार दिउँसो यातायात मजदुर र प्रहरीबीच दिनभर तनाव भएको थियो । त्यही मौकामा राति ल्होत्से मलको सिसा फुटाएर मोबाइललगायतका लाखौँ मूल्यका सामान लुटपाट भएका थिए । प्रहरीले लुटपाटमा संलग्न छ जनालाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको भगवती गाउँपालिका घर भएका चिरन रेग्मी, रुपन्देहीको खैरेनीका सुजन खत्री, झापाका प्रदीप बस्नेत र काठमाण्डौको सामाखुसीका नवीन खड्गी रहेका छन् ।

यस्तै सोमवार नै प्रहरीका दुई वटा भ्यान र प्रहरी बिट जलाउने छ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । आगजनीमा संलग्न उदयपुरका विक्रम राई, नुवाकोटका रामहरि भण्डारी, लमजुङका विवेक श्रेष्ठ, काभ्रेका राजेश तामाङ, आशिष खड्का र प्युठानका दीपेन्द्र पुनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com