Yeti Khabar

२०८१ बैशाख १९, बुधबार - Wed May, 2024 -

जनसमाजवादी पार्टी, नेपालको चुनावी रणनीति तय

काठमाडौँ २ चैत । जनसमाजवादी पार्टी, नेपाल पार्टीको स्थापना कालदेखि राष्ट,राष्ट्रियता र जनजिबिकाका मुद्दालाई उठान गर्दै निरन्तर आन्दोलन मार्फत राज्यलाई खवदारी गर्दै आएको हो । पछिल्ला ३ वर्ष देखी सिमा समस्या, नागरिकता विधेयक र एम. सि. सि. विरुद्धमा सशक्त संघर्ष गर्दै आएको छ।

आगामि २०७९ वैसाख ३० गतेको स्थानिय तहको निर्वाचन लाई लक्षित गर्दै जनसमावादी पार्टी, नेपालले संगठन सुदृढीकरण संगै संगठन विस्तारमा लाग्न आम पार्टी पंत्तिलाई अध्यक्षले निर्देशन दिएको उदृत गदै पार्टीका सचिव गोविन्द बुढाले यती खवर लाई जानकारी दिनु भयो ।

राष्ट्रियता, जनजिबीका र जनसरोकारका विषय लाई जनतासामु छर्लङ्ग बनाउन, चुनावलाई उपयोगको रणनीति र संगठन सुदृढीकरण अभियान लाई तिव्रता दिने भएको छ।

फागुन १४ गते बसेको जनसमाजवादी पार्टी,नेपालको केन्द्रिय कमिटी बैठकमा पार्टीका उपाध्यक्ष हरि बहादुर बोहराको संयोजकत्वमा ९ सदस्यीय वार्ता तथा संगठन विस्तार समिति गठन भएको थियो । फागुन २२ गते समितीको बैठक बसि विभागीय जिम्मेवारी, प्रदेश संयोजक र जनवर्गीय संगठनको र प्रदेश
संयोजक को जिम्मेवारी दिने निर्णयगरेको हो

प्रदेश संयोजक

१.प्रदेश नम्बर १ –असिम आङ्बुहाङ्ग लिम्बू (सुनिल)
२.बागमती प्रदेश –रमेश बसेल (करन)
३. गण्डकी प्रदेश –दुर्गा दत्त पोखरेल
४. लुम्बिनी प्रदेश– मीन बहादुर सुनार
५. कर्णाली प्रदेश –नृप हमाल लाई जिम्मेवारी दिइएको छ । ।

संगठनका संयोजक

१. जनवादी युवा –योग्य बहादुर कार्की (प्रदीप)
२. जनवादी विद्यार्थी– भिम बहादुर तामाङ (वेल्सन)
३. जनवादी खेलकुद –फणिन्द्र राई
४. जनवादी उद्योग व्यवसायी –अशोक टेलर
५. जनवादी केन्द्रिय सम्पर्क मन्च –राजन दाहाल लाई पार्टी संगठनको जिम्मेवारी दिइएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com