Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

मकवानपुरसहित ३ जिल्लामा सार्वजनिक बिदा

भदौ,२० काठमाडौं । बाग्मती प्रदेश सरकारले आउँदो बुधवार मकवानपुरसहित तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
चेपाङ समुदायको न्वागी (छोनाम) को अवसरमा प्रदेश सरकारले भदौ २२ गते बुधवार चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमवार सूचना प्रकाशित गरेको छ ।

‘बाग्मती प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७८/१२/०९ को निर्णयअनुसार चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको उपलक्ष्यमा भदौ २२ गते बुधवारको दिन प्रदेशका चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक बिदा दिने निर्णय भएकाले सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com