सुनको भाउमा सामान्य गिरावट

कात्तिक, २८ काठमाडौं । आज साताको अन्तिम दिन अर्थात शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन दुई लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार सुन दुई लाख ५० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। यसले सुनको मूल्यमा ५०० रुपैयाँको कमी भएको छ। त्यस्तै चाँदी तीन हजार दुई सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ । हिजो चाँदी तीन हजार तीन सय ४५ रुपैयाँ कायम भएको थियो।


















