Yeti Khabar

२०८२ जेष्ठ ९, शुक्रबार - Fri May, 2025 -

बाग्लुङमा हलगोरु पाल्ने एक सय ७८ किसानले पाए पोषणभत्ता

बाग्लुङ – बाग्लुङको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण गरेको छ । गाउँपालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रमअन्तर्गत एक ७८ हलगोरु पाल्ने किसानलाई पाँच हजारका रुपैयाँका दरले पोषणभत्ता वितरण गरेको हो ।

परम्परागत तरिकाले खेतबारी जोत्नका लागि प्रयोग गरिने गोरुलाई संरक्षण गर्दै किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले आठ लाख ९० हजार रुपैयाँ पोषणभत्ता सोझै किसानको हातमा पुर्‍याइएको अध्यक्ष राजु थापाले बताउनुभयो ।

हलगोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि गाउँपालिकाले यसको संरक्षणका लागि कार्यक्रम अघि बढाएको हो । पालिकाले गोरु संरक्षण र मलमूत्रको उपयोगिता बढाउनका लागि पहिलो पटक यो कार्यक्रम ल्याएको अध्यक्ष थापाले बताउनुभयो । गाउँपालिकाले यस कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाइ छ । यस्तै दूध उत्पादन गर्ने किसानले प्रतिलिटर साढे दुई रुपैयाँका दरले अनुदानसमेत पाएका उहाँले जानकारी दिनुभयो ।

गाउँपालिका–७ रेशका गोरुपालक किसान डम्मरबहादुर थापाले गोरु पाल्ने किसानले पहिलोपटक सहयोग पाउँदा सम्मानको महसूस गरेको बताउनुभयो । पालिकाले नयाँ बाख्रा पकेट विकास कार्यक्रममार्फत अनुदान र पशुपन्छी फार्म यन्त्रिकीकरणमा सहयोग गरिरहेको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com