Yeti Khabar

२०८२ असार ३०, सोमबार - Mon Jul, 2025 -

पहिरो खसेपछि म्याग्दी नदी थुनियो, तटीय क्षेत्रका बस्तीहरूमा सतर्कता अपनाउन आग्रह

FacebookTwitterViberEmailPrintFriendlyShare

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले आज दिउँसो म्याग्दी नदी थुनिएको छ । पहिरो नदीमा थुप्रिएर तलाउ बनेको धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिनुभयो । त्यहाँ निरन्तर पहिरो खसिरहेको छ ।

धौलागिरि गाउँपालिका ४ र ७ को सिमाना काउसीबोटको भीरमुनि म्याग्दी नदीमा पहिरो थुप्रिएर थुनिएको हो । बिहान भारी वर्षापछि बढेको म्याग्दी नदीको सतह पहिरोपछि घटेको बाँसबोटको छिमेकी गाउँ छहरीका बासिन्दा तम पुनले बताउनुभयो ।

नदी थुनिएपछि तटीय क्षेत्रका बस्तीहरूमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेकाे छ । छहरी, कल्लेनी, भारवाङ, साँवता, थापाचौर, दरवाङ, छिसवाङ, खोप्टी, पिपलबोट, बाबियाचौर, तोराखेत, सिमलचौर, तातोपानी, सिङ्गा र बेनी बजार म्याग्दी नदीको तटीय क्षेत्रका बस्तीहरू हुन् ।

धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगरसहित जनप्रतिनिधि र ताकम प्रहरी चौकीबाट सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गएको छ । घटनास्थल पुगेपछि तलाउ कत्रो बनेको छ भन्न सकिने अध्यक्ष पुनले जानकारी दिनुभयो ।

उहाँले नदी थुनिएर बनेको तलाउ एकै पटक बग्दा तटीय क्षेत्रमा कटान र बाढी आउनसक्ने भएकाले प्रशासन कार्यालयमार्फत सतर्कता अपनाउन अनुरोध गरिएको बताउनुभयो । धौलागिरि हिमालमा मुहान भएको म्याग्दी नदी बेनी बजारमा आएर कालीगण्डकीमा मिसिन्छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com