Yeti Khabar

२०८२ असार ३१, मंगलवार - Tue Jul, 2025 -

असार तेस्रो हप्तासम्म देशभर ४५ प्रतिशत रोपाइँ

  

FacebookTwitterViberEmailPrintFriendlyShare

काठमाण्डौ – यस वर्ष असारको तेस्रो हप्तासम्म देशभरको रोपाइँ ४५ प्रतिशत नाघेको छ । कृषि विभागका अनुसार अस्ति सोमवारसम्म देशभर ४५ दशमलव ०३ प्रतिशत रोपाइँ भएको छ । यो गएको वर्ष यही अवधिको तुलनमा एक दशमलव ५३ प्रतिशतले धेरै हो ।

विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले यस वर्ष मनसुन अलि छिटो भित्रिएपछि गएको वर्षको तुलनामा असार तेस्रो हप्तासम्म धान रोपाइँ केही धेरै भएको बताउनुभयो । मधेश प्रदेशमा रोपाइँ अहिले पनि अपेक्षाकृत हुन सकेको छैन । तर अरू प्रदेशमा रोपाइँ राम्रै भएको छ ।

कृषि विभागका अनुसार देशभर १३ लाख ८३ हजार सात सय ३२ हेक्टर क्षेत्रफलमध्ये सोमवारसम्म ६ लाख २३ हजार हेक्टरमा रोपाइँ भइसकेको छ । तथ्याङ्क अनुसार पोहोर अहिलेसम्मकै उच्च ५९ लाख ५५ हजार मेट्रिकटन धान उत्पादन भएको थियो ।

कृषि मन्त्रालयका अनुसार देशभर झन्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हुने गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष जनकपुर, सिमरा, विराटनगरलगायतका ठाउँमा औसतभन्दा कम र धनगढी सुर्खेत, भैरहवा, लुम्ले, जुम्ला, दाङ, काठमाण्डौमा औसतभन्दा धेरै वर्षा भएको छ ।

यस वर्ष नेपालमा मनसुन सरदरभन्दा १५ दिनअघि गएको जेठ १५ गते पूर्वी नेपालबाट प्रवेश गरी असार ६ गते देशभर फैलिएको थियो ।

जुलाईदेखि सेप्टेम्बर (असार १७ देखि असोज १४) सम्मको तीन महिनाकाे अवधिमा मधेश प्रदेशका दक्षिणी भागमा सरदरभन्दा कम, कोशी प्रदेशका दक्षिणी भागमा सरदर र देशका बाँकी भागमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com