Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

भारत सरकारको बजेट–यस्ता छन् मोदी सरकारका मुख्य प्राथमिकता

काठमाडौं । भारत सरकारले आगामी आर्थिक वर्ष सन् २०२३/२४ को बजेट घोषणा गरेको छ । भारत सरकारकी वित्त मन्त्री निर्मला सितारमणले आगामी वर्षको बजेट घोषणा गर्दै पुँजीगत खर्च ५० प्रतिशतले वृद्धि गरेको घोषणा गरेकी हुन् ।

आगामी आर्थिक वर्षको बजेटमा भारत सरकारले १०.५ लाख करोड भारु खर्च गर्ने लक्ष्य लिएको छ । जुन, गत आर्थिक वर्ष ७.५ लाख करोड भारु थियो । यस्तै, सन् २०१९ मा भारत सरकारको पुँजीगत खर्चको लक्ष्य ३.१ लाख करोड भारु थियो ।

यस्तै, बजेटमार्फत भारत सरकारले आगामी वर्ष भारतीय रेलवेमा २.४० करोड लाख बजेट विनियोजन गरेको छ । यो आर्थिक वर्ष २०१३÷१४ को रेल्वे बजेटको तुलनामा ९ गुणा बढी हो । यस्तै, भारत सरकारले गरिबहरूलाई निःशूल्कपमा दिने खाद्यान्न आपूर्तिको बजेट समेत बढाएको छ ।

शहरी आधारभूत पूर्वाधार निर्माण गर्न प्रत्येक वर्ष १० हजार करोड भारु लगानी गर्ने सरकारी लक्ष्य छ । यसका साथै, प्रधानमन्त्री आभास कार्यक्रम अन्तर्गतको बजेट ६६ प्रतिशतले बढाएर ७९ हजार करोड पुर्‍याइएको छ ।

यसका साथै, कृषि क्षेत्रको ऋणको लक्ष्य बढाएर २० लाख करोड छुट्याइएको छ भने सबै राज्य सरकारलाई १५ वर्षसम्म बिना ब्याजको ऋणको व्यवस्था गरिएको छ । यस्तै, प्रधानमन्त्री सुरक्षा योजनाका लागि ४४ करोड ६ लाख मानिसलाई बीमाको सुविधा दिइने घोषणा बजेटमा गरिएको छ ।

यसका साथै, क्षेत्रीय कनेक्टिभिटी बढाउनका लागि ५० नयाँ विमानस्थल र हेलिप्याड लगायतका पूर्वाधार निर्माणको योजना भारतले अघि बढाएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com