Yeti Khabar

२०८२ असार ११, बुधबार - Wed Jun, 2025 -

उपल्लो मुस्ताङमा स्याउखेती विस्तार, पालिकाले किसानलाई बिरुवामा अनुदान दिने

  

FacebookTwitterViberEmailPrintFriendlyShare

मुस्ताङ – उपल्लो मुस्ताङमा स्याउखेती विस्तार हुन थालेको छ । पहिला कमै खेती हुने उपल्लो मुस्ताङमा पछिल्लो समय स्याउखेतीका लागि अनुकूल वातावरण बन्न थालेको छ । यसको एउटा कारण जलवायु परिवर्तन रहेको विज्ञहरू बताउँछन् ।

समुद्री सतहको झन्डै तीन हजार मिटरसम्मको उचाइमा हुँदै आएको स्याउखेती अहिले उपल्लो मुस्ताङ समुद्री सतहको चार हजार मिटरको उचाइसम्म नै हुन थालेको छ ।

शीतोष्ण हावापानीमा हुने फलफूल खेतीमध्ये स्याउ उपल्लो मुस्ताङमा सप्रिन थालेपछि किसानको सङ्ख्या पनि थपिन थालेको छ ।

किसानलाई आवश्यक सहयोगसहित स्याउ हबका रूपमा विकास गर्ने योजनासहित लोमान्थाङ गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेटमै समावेश गरेर स्याउको बिरुवा खरिद गर्नेलाई अनुदान दिनेगरी बजेट विनियोजन गरेको अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार किसानले उत्पादन गरेको कृषि उपज सहज बजारीकरण गर्न पालिकाले आवश्यक सहजीकरण गर्ने नीति पनि लिएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com