Yeti Khabar

२०८२ असार ८, आईतवार - Sun Jun, 2025 -

वार्तामा नआए इरानमाथि थप आक्रमण गर्छाैं : अमेरिकी राष्ट्रपति ट्रम्प

  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नआएर थप आक्रमण गर्ने चेतावनी दिनुभएको छ । आज विशेष सम्बोधनमार्फत उहाँले शान्ति कायम गर्न इरानलाई तत्काल वार्तामा आउन आग्रह गर्नुभयो ।

इरानका तीनवटा परमाणु केन्द्रमा अमेरिकाले आक्रमण गरेको छ । अमेरिकी हवाई आक्रमणमा इरानको फोर्दो, नतान्ज र इस्फहान जस्ता प्रमुख परमाणु संरचना लक्षित थियो । इरानका अन्य ठाउँहरू अझै निशानामा रहेको राष्ट्रपति ट्रम्पले बताउनुभएको छ । उहाँले इरानले अब शान्तिको मार्ग रोज्नुपर्ने भन्दै, त्यसो नगरे अझै ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिनुभयो ।

पछिल्लो घटनालाई लिएर अन्तर्राष्ट्रिय स्तरमा चासो बढेको छ । यस्तै इरानको परमाणु ऊर्जा सङ्गठनले अमेरिकी आक्रमणको कडा शब्दमा निन्दासहित विरोध गरेको छ । सङ्गठनले एक विज्ञप्ति निकालेर अमेरिकाको आक्रमणलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भनेको बीबीसीले जनाएको छ । इरानले अन्तर्राष्ट्रिय समुदायलाई यस्ता आक्रमणको भत्र्सना गर्न र इरानको पक्षमा उभिन अपिल गरेको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com