Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

इजरायलमा विरोधकाबीच न्यायिक प्रणाली परिमार्जन गर्ने विधेयक पारित

  साउन ९, २०८० मंगलबार ६:३७:३६ | 

विवाद र आलोचनाबीच इजरायलको संसद्ले न्यायालयको शक्ति सङ्कुचन गर्ने कानुन पारित गरेको छ । अब इजरायली सरकारले गरेको निर्णय अदालतले उल्टाउन सक्ने छैन । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो प्रस्ताव संसद्को बहुमतबाट पारित गराउनुभएको हो ।

अन्तिम समयसम्म पनि प्रतिपक्षी दलसहित प्रबुद्ध व्यक्ति समूहले विरोध गरेको थियो । प्रस्ताव संसदमा मतदानमा लैजाने तयारी गरेसँगै त्यसको विरोधमा जेरूसेलममा १०औं हजार मानिसले प्रदर्शन गरेका थिए । प्रतिपक्षी दलले यो कानुन पारित भएसँगै इजरायली लोकतन्त्र जोखिममा परेको प्रतिक्रिया दिएको छ ।

सरकारले भने अदालतले बारम्बार सरकारको निर्णयमा भाँजो हाल्ने र हस्तक्षेप गर्ने कामलाई बढावा दिएकाले कानुन अत्यावश्यक रहेको तर्क गरेको छ । यो कानुन पारित भएसँगै इजरायलका राष्ट्रपतिले देश अब सङ्कटकालतर्फ अग्रसर भएको बताउनुभएको छ । कानुनको इजरायलका रिजर्भ फोर्स, हवाई सेना लगायतले पनि विरोध जनाएका थिए ।   एजेन्सी 
 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com