Yeti Khabar

२०८२ असार १, आईतवार - Sun Jun, 2025 -

इरानको मिसाइल आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको सङ्ख्या ६ पुग्यो

  

FacebookTwitterViberEmailPrintFriendlyShare

इरानले इजरायलमा गरेको नयाँ मिसाइल आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ । ५४ जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । इजरायली आपतकालीन सेवा संस्था मागेन डेभिड एडोमका अनुसार इरानले आज बिहानै इजरायलमा गरेको व्यालेस्टिक मिसाइल आक्रमणमा सबैभन्दा बढी ताम्रा र बाटयाम क्षेत्र प्रभावित भएका छन् ।

ताम्रामा पाँच जना र बाटयाममा एक जनाको ज्यान गएको र घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको छ । बाटयाममा एक आवासीय भवनमा सीधा मिसाइल प्रहार भएकोले ठूलो क्षति पुगेको खबरमा उल्लेख छ । नागरिकहरू भग्नावशेषमा फसेका छन् ।

उद्धारकर्मीले उनीहरुलाई सुरक्षित निकाल्ने प्रयास गरिरहेका छन् । यो आक्रमण गएको तीन दिनभित्र इरानले गरेको छैटौं व्यालेस्टिक मिसाइल आक्रमण हो । इरानले इजरायलका प्रमुख शहरलाई निशाना बनाएर जवाफी आक्रमण गरेको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com