Yeti Khabar

२०८२ बैशाख २५, बिहीबार - Thu May, 2025 -

पाकिस्तानकाे पन्जाब प्रान्तको इस्लामाबादमा विद्यालयहरू बन्द

भारत प्रशासित कश्मीरको जम्मू, साम्बा, कठुआ, राजौरी र पुंछ क्षेत्रका विद्यालयसहित सबै  शैक्षिक संस्थाहरू बन्द भएका छन् । गएराति भारतले गरेको आक्रमणभन्दा पहिले पाकिस्तानले भारत प्रशासित कश्मीरको भिम्बर गली क्षेत्रमा आक्रमण गर्नसक्ने भारतीय सेनाले बताएको थियो । स्थानीयहरूले धेरै विस्फोटका आवाज सुनेको बताएपछि विद्यालयहरु बन्द गर्ने निर्णय भएको थियो ।

यसैबीच पाकिस्तानले पन्जाब प्रान्तको इस्लामाबादमा विद्यालयहरू बन्द गरेको छ । भारतीय आक्रमणको जवाफ दिने तयारी गरिरहेको भन्दै पाकिस्तानको पन्जाब प्रान्तको इस्लामाबादमा विद्यालयहरू बन्द गरिएको हो ।

यसैबीच पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले आज केहीबेरपछि आफ्नो राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाउनुभएको छ । उहाँले भारतले गरेको पछिल्लो आक्रमणलाई कायरतापूर्ण आक्रमण भन्दै आफ्नो अनुकूलतामा यसको जवाफ दिने बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गएको अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आक्रमणमा एक नेपालीसहित २६ पर्यटकको ज्यान गएको घटनापछि भारत र पाकिस्तानबीचको सम्बन्ध थप बिग्रिएको हो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com