Yeti Khabar

२०८२ असार १६, सोमबार - Mon Jun, 2025 -

झापा र इलाममा करेन्ट लागेर दुई जनाको मृत्यु

चैत्र, ३१ काठमाडौं । करेन्ट लागेर झापा र इलाममा गरि दुई जनाको मृत्यु भएको छ। हिजो बिहान अन्दाजी ११ बजे विद्युतीय मोटरबाट करेन्ट लाग्दा झापाको कन्काईमा एकजनाको मृत्यु भएको छ । कन्काई नगरपालिका वडा नंम्बर १ बस्ने ६६ वर्षीय ताराबहादुर बिश्वकर्मा आफ्नै घरमा पानी तान्ने बिद्युतीय मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थिए।

उनलाई उपचारको लागि आफन्तले बिर्तासिटी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भइसकेको प्रहरीले बताएको छ । इलाममा पनि सोही समयमा करेन्ट लागेर एक अर्का जनाको पनि मृत्यु भएको छ । बिहान ११ बजे इलाम माई नगरपालिका ८ लालखोला बस्ने ४६ वर्षीय मदनकुमार राईले घरमा कोही नभएको अवस्थामा मोबाइल चार्ज गर्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com